एनसीसीको नाफा झण्डै ३० करोड बढ्यो

  २०७३ साउन २७ गते ५:३९     विकासन्युज

काठमाडौं, २७ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक बर्षमा ७० करोड ३० रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४० करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा करिब ३० करोड रुपैयाँ खुद नाफा बढाएको छ ।

बैंकले खुद ब्याज आय १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आय ८० करोड ३८ लाख रुपैयाँ मात्रै थियो । यस्तै खुद संचालन आय १ अर्ब ४९ करोड रुपैयाँ छ । अघिल्लो बर्ष यस्तो आय १ अर्ब १ करोड ४० लाख रुपैयाँ थियो ।

बैंकले २३ करोड १७ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष यस्तो राइट ब्याक १० करोड ८० लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.