होण्डाको बिआरभी कार नेपाली बजारमा

  २०७३ साउन २६ गते ८:५३     विकासन्युज

काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो ।
honda_brv-2
नेपाल मै यो सेगमेन्टमा पहिलो पटक ७ सिट क्षमताको एसएयुभीबिआरभीले उत्तम क्लासको ग्राउन्ड क्लियरेन्स २१० एमए रहेको छ । बिआरभीमा बोल्ड र स्पोर्टी लुक्स, पावरफुल परफरमेन्स र उच्चकोटीको प्रिमियम इन्टेरियर डिजाइन रहेको कम्पनीले जनाएको छ ।

१६ भल्भ, ४ सिलिण्डर १.५ लिटर आइ भिटिइसी इन्जिन रहेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन र फस्र्ट—इन—क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसनको सुबिधाले कारदाई थप आकर्षक बनाएको छ । बिआरभी १.५एल आइ–भिटिइसी पेट्रोल इन्जिनले ११९ पिएस र ६६०० आरपीएमको अधिकतम पावर तथा १४५ एनएममा ४६०० आरपीएमको अधिकतम टर्क दिने कम्पनीले दावी गरेको छ ।

बोल्ड तथा स्पोर्टी लुक्स, स्मार्ट एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन रहेको ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.