महालक्ष्मी फाइनान्सले पायो यूरोपको ‘बेष्ट इन्टरप्राइजेज’ अवार्ड, महालक्ष्मी विकास बैंक छिट्टै

  २०७३ साउन २६ गते ८:३४     विकासन्युज

CEO-of_mahalaxmi_finकाठमाडौं, २६ साउन । महालक्ष्मी फाइनान्स बेलायतको प्रतिष्ठित संस्था ‘इयुरोप विजनेस एसेम्ली’द्धारा सन् २०१६ को ‘बेष्ट इन्टरप्राइजेज’ अवार्डमा मनोनित भएको छ । साथै उक्त संस्थाले फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई ‘म्यानेजर अफ् द एअर’ पुरस्कारको लागि मनोनित गरेको छ ।

संस्थाका अनुसार यो पुरस्कार फ्रान्सको केन्स शहरमा ७ अक्टुबरमा आयोजित यूरोपियन अवार्ड नाइट्स सम्बन्धी विशेष समारोहमा प्रदान गरिने छ ।

यसैबीच महालक्ष्मी फाइनान्ससहित मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज अन्तिम अवस्थामा पुगेको छ । स्रोतका अनुसार नेपाल राष्ट बैंकले यस मर्जलाई अन्तिम स्वीकृति दिईसकेको छ । यी तीन संस्था एक अर्कामा मर्ज भई २०७३ भदौ महिनाभित्र राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.