यामाहाको ‘सेफ राइडिङ साइन्स’ कार्यक्रम

  २०७३ साउन २६ गते ३:५६     विकासन्युज

काठमाडौं, २६ साउन । यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंस्थित युनिभर्सल कलेजमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु केही वर्षदेखि कलेज तथा सार्वजनिक स्थानहरुमा ‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) कार्यक्रम आयोजना गर्दै आएको थियो ।

yamaha
उमेरका कारण कलेज विद्यार्थीहरु सबैभन्दा बढी सडक दुर्घटनाको जोखिममा हुने गर्छन् । यसलाई मध्यनजर गर्दै एमएडब्लुले युवा चालकलाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा सिकारु चालकलाई विशेष तालिम दिइएको थियो भने ४२ जनाले टेस्ट राइडमा सहभागी भएका थिए । ‘वाईएसआरएसमार्फत विद्यार्थीहरुले सानाभन्दा साना कुराहरु सिकेका छन् जसलाई सामान्यतया बेवास्ता गरिने गरिन्छ । तर यस्तै साना बेवास्ताले ठूलो दुर्घटना निम्त्याउने गर्छन्,’ युनिभर्सल कलेज बीबीए/बीबीएस प्रोग्राम कोर्डिनेटर सौरभ रेग्मीले भने ।

अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यीबाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.