एनएमबी बैंक पनि अर्ब कमाउने सूचिमा नाफा १४० प्रतिशतले बढेर १२० करोड

  २०७३ साउन २६ गते ३:२३     विकासन्युज

nmb_bankकाठमाडौं, २६ साउन । एनएमबी बैंक पनि १४० प्रतिशतले नाफा बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा परेको छ । बैंकले २०७३ असार मसान्तसम्माम एक अर्ब २० करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७२ असार समान्तमा बैंकले कमाएको भन्दा १४० प्रतिशतले बढि हुन आउँछ । यद्यपी बैंक २०७३ असार मसान्तसम्म आर्जन गरेको नाफामा ६३ करोड ५५ लाख रुपैंयाँ राइटब्याकबाट प्राप्त गरेको हो ।

बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ५० करोड ३८ लाख नाफा आर्जन गरेको थियो । ४ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ ।बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ९१ पैसा रहेको छ । बैंकले एक दशमलब ७४ प्रतिशतको खराब कर्जाको जोखिम वापत ५२ करोड ४८ लाख प्रोभिजन गरेको छ ।

बैंकले ६४ अर्ब ९४ करोड रुपैंयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ८५ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब १७ करोड रहेको छ भने ब्याज खर्च २ अर्ब ठ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.