मेगा बैंकको नाफा ५५ करोड २० लाख

  २०७३ साउन २६ गते ३:०६     विकासन्युज

mega-Bankकाठमाडौं, २६ साउन । मेगा बैंक नेपालले २०७३ असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २० करोड ५८ लाखले बढि हो । बैंकले सो अवधीमा जम्मा ३४ करोड ६२ लाख नाफा कमाएको थियो ।

बैंकले असार मसान्तसम्म गरेको आम्दानीमा १३ करोड रुपैँया राइटब्याकबाट प्राप्त गरेको हो । ३ अर्ब २४ करोड चुक्ता पुँजी रहेको मेगा बैंकको जगडा कोषमा ९६ करोड रुपैँया रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४ पैसा छ भने प्रति सेयर नेटवर्थ १२९ रुपैंयाँ ८५ पैसा रहेको छ ।

बैंकले असार मसान्तसम्ममा ३१ अर्ब निक्षेप संकलन गरेर २७ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले २ अर्ब १४ करोड ब्याज आम्दानी गरेर एक अर्ब १५ करोड ब्याज खर्च गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.