अब रोगको जाँच स्मार्टफोनबाटै ! रगतबाटै शरीरमा लागेको कयौं रोगको बारेमा पत्ता लगाउन सकिने

  २०७३ साउन २६ गते २:२०     विकासन्युज

काठमाडौं ,१३ साउन। मानिसको रगतमा कयौं रोगको बायोमार्कर्स हुन्छन्। रगतबाटै शरीरमा लागेको कयौं रोगको बारेमा पत्ता लगाउन सकिन्छ। जाँचको लागि रगतको नुमना ल्याब पठाइन्छ। ल्याबमा लागि कयौँ घण्टा वा दिन पछि रोगको बारेमा पत्ता लगाइन्छ।lab blood test

यहि काम अब स्मार्टफोनको मद्धतले केही मिनेटमै हुन सक्दछ। यसको लागि रगतको नमुना एक टेस्ट स्ट्रिपमा राखिन्छ जसलाई एक बक्समा हालिन्छ।smartphone  spot disease 233613790

म्याग्निफाइंग लेन्स र एलईडी बल्ब जडित स्मार्टफोनसंग यो बक्सलाई जोडिन्छ।

यो स्ट्रिपमा केही थोपा लिक्विड राखिन्छ, जसले रगतको नमुनालाई सफा गरिदिन्छ र केवल निशान बाँकी रहन्छ, जसमा रोगसंग जोडिएको जानकारी हुन्छ।smartphone  spot disease 23361379

अब एलईडी लाइट र लेन्सको मद्धतले स्ट्रिपमा रोगका निशान खोजिन्छ।

ब्रिटनेको लगबारो यूनिभर्सिटीका प्राचार्य डा नूनो रीस भन्छन्, ‘हामी उदाहरणको लागि हार्ट अट्याकको केसलाई लिन सक्छौ। पहिले छातीको दुखाइ जाँचमा केही घण्टा लाग्थ्यो। तर अब तपाई केही काम छिटो गर्न सक्नुहुन्छ।’

उनको अनुसार स्मार्टफोन एक उत्कृष्ट चीन हो, जसले ल्याबका ठूला ठूला मेसिनका काम गर्न सक्दछ। बीबीसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.