मोटर दुर्घटना स्थलमै बीमा दावी भुक्तानी हुने, सगरमाथाले ल्यायो ‘भीआईपी अन द स्पट’ योजना

  २०७३ साउन २५ गते ७:२०     विकासन्युज

काठमाडौं, २५ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन द स्पट’ नाम गरिएको उक्त बीमा पोलिसी हाललाई काठमाडौं उपत्यका भित्र मात्र लागू हुने कम्पनीले जनाएको छ ।

sagarmatha_insuranceकम्पनीको यो योजनाले बीमितलाई तत्काल राहात पुग्ने, दाबी भुक्तानीको लागि लामो प्रक्रियामा झेल्नु नपर्ने र आर्थिक भार पनि कम पर्ने कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष प्रा. डा फत्तबहादुुर केसी र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले भीआईपी अन द स्पट पोलिसीको शुरुवात गरेका छन् ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष केसीले यो बीमा पोलिसी राजधानीमा मात्र सीमित नगर्न र देशभर सञ्चालन गर्न सुझाव दिए । ‘सवारी दुर्घटना राजधानीमा भन्दा बढी राजधानी बाहिर हुने गरेको छन् । राजधानी बाहिरका बीमितलाई पनि यो सुविधा दिनुपर्छ’ केसीले भने ।
कम्पनीका अध्यक्ष मानन्धरले बीमितको सम्पत्ति आफ्नो सम्पत्ति जस्तै ठानेर बीमितलाई अधिकतम लाभ दिने र दावी भुक्तानी सरल बनाउने उदेश्यका साथ बीमा पोलिसी बनाउने गरेको बताए ।

सरल प्रक्रिया

chankey_kubar‘सरगरमाथा भीआईपी अन द स्पट’ योजनालाई प्रभावकारी बनाउन यसको प्रक्रियालाई सरल बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले बताए । उनका अनुसार मोटर बीमा गर्ने बीमितलाई मनीपर्समा राख्ने मिल्ने ‘सरगरमाथा भीआईपी अन द स्पट’ कार्ड दिईन्छ । यो एटीएम कार्ड जस्तै हुन्छ । बीमितले जहिले पनि यो कार्ड साथमा राख्न मिल्ने गरि बनाईएको छ । उक्त कार्डमा कम्पनीमा निःशुल्क सम्पर्क गर्न सकिने फोन नम्बर राखिएको हुन्छ ।

‘दुर्घट्ना भएको अवस्थामा बीमितले आफूसँग भएको कार्डको सहायतामा तत्काल कम्पनीमा फोन गर्न सक्छन् । कम्पनीले क्षति मूल्याङकन गर्न इन्जिनियर्ससहित एक टोलीलाई घट्ना स्थल पठाउँछ । क्षति विवरण र बीमा पोलिसको अध्ययन गरेर बीमितले पाउने क्षतिपूर्ति रकम मूल्याङकन गरिन्छ । त्यसमा बीमित सहमत भएमा तत्काल बीमितको एकाउण्टमा भुक्तानी दिइन्छ’– प्रमुख कार्यकारी अधिकृत क्षेत्री भन्छन्–कम्पनीको प्रतिनिधिसँग बीमित असहमत भएमा दावी भुक्तानी नियमित प्रक्रिया जान सकिनेछ ।

सामान्यतया भीआईपीको अर्थ भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ को रुपमा व्याख्या गरिन्छ । तर सगरमाथा भीआईपीको अर्थ फरक छ । ‘भेइकल इन्स्योरेन्स पोलीसी’को छोटो रुप हो भीआईपी । ‘प्रतिस्पर्धी बजारमा ग्राहकलाई गड मान्ने अभ्यास छ । हामी हाम्रा ग्राहकलाई भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ सम्मान गर्न पनि यसको नाम भीआईपी नै राखेका हौ’ क्षेत्री भन्छन्–‘भीआईपी कार्ड साथमा राख्दा ग्राहकले सम्मानको महसुश पनि गर्न सकून, संकटको बेलाको साथी महसुश पनि गर्न सकून भनेर यो नीति ल्याएका छौं ।

sagarmatha_teamयो योजना लागू भएपछि कम्पनीको बीमा पोर्टपोलियोमा मोटर बीमाको हिस्सा बढ्ने र मोटर बीमा बजारको आकारमा वृद्धि गर्न सहयोग पुग्ने कम्पनीका सल्लाहाकार केबी बस्नेतले बताए । कम्पनीले ‘सरगरमाथा भीआईपी अन द स्पट’ पोलिसीको लागि छुट्टै कक्ष र टिम बनाएको जानकारी दिएका छ ।

सगरमाथा इन्स्योरेन्सको २० वर्षे यात्रा

सगरमाथा इन्स्योरेन्स कम्पनीले २० वर्षे यात्रामा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गरेको छ । २०५३ साउन २ गतेबाट कारोबार थालेको कम्पनीले २०७३ सालमा आईपुग्दा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गर्न सफल भएको हो ।

sagarmatha-11२०५३ सालमा वार्षिक ५९ लाखको बीमा शुल्क संकलन गरेको सगरमाथा इन्स्यारेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा एक अर्ब ११ करोड रुपैंयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो ।

Sagarmatha२०७२ सालको भूकम्पपछि कम्पनीमा एक अर्ब ६६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । भूकम्प पीडितबाट ३ हजार १५ वटा दावी आवदेन परेको २०७३ असार मसान्तसम्ममा २ हजार ५ सय ७८ वटा दावी भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए । ‘अग्नि बीमामा सबैभन्दा ठूलो बजार हिस्सा सगरमाथा इन्स्यारेन्स कम्पनीमा थियो । दावी पनि अरु कम्पनीको तुलनामा धेरै हामीकोमा पर्यो । कम्पनीले जिम्मेवारी पूर्वक बीमितलाई क्षतिपूर्ति गरेको छ’ क्षेत्री भन्छन्–सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा जति ठूलो क्षतिभए पनि कम्पनीले तिर्न सक्ने भन्ने सन्देश दिन सफल भएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.