नाकावन्दीको समयमा उपभोक्तालाई ठगि गर्ने फेरी डिपो प्रमुख बनाइदै, खड्काले दिए अख्तियारी

  २०७३ साउन २४ गते १७:२७     विकासन्युज

काठमाडौ, २५ साउन । नेपाल आयल निगम व्यवस्थापनले थानकोट डिपोमा उपभोक्ता ठगि गरेका र अनियमितता गरेको प्रमाण भएका रविन शर्मालाई पठाउने निर्णय गरेको छ । नोजलमा रिमोट राखेर उपभोक्तालाई कम तेल दिएको पम्पलाई बढी तेल दिएर अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मालाई अदालतले सफाई दिएपछि उनलाई थानकोट डिपोमै पठाउने निर्णय गरेको निगमका एक उच्च अधिकारीले विकासन्युजलाई बताए।

शर्माले झन्डै एक महिनाअघि काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका थिए । निगम उच्च स्रोतका अनुसार सफाई पाएपछि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले उनलाई थानकोट डिपो पठाउने निर्णय गरेका हुन् । थानकोट डिपो प्रमुखको रुपमा अहिले कार्यरत नेत्र काफ्लेलाई एक साताका लागि निगमको केन्द्रीय कार्यालयमा बोलाइएको छ ।

निगमका एक उच्च कर्मचारीका अनुसार अदालतबाट सफाई पाएपनि उनलाई विवादमै परेको डिपोमा पठाउनु कार्यकारी निर्देशकको विशेष स्वार्थ देखिन्छ । नाकाबन्दीको समयमा शर्माले खड्काको आदेश अनुसार कन्जुमरको नाममा तेल दिएका थिए । नाकाबन्दीको समयमा प्रहरीले गरेको विभिन्न पम्पमा गरेको विशेष अपरेशनमा राजधानीका पम्पमा रिमोट राखेर उपभोक्ता ठगेको प्रमाणसहित फेला पारेको थियो । प्रहरीले गरेको विशेष अपरेशनमा तात्कालिन थानकोट डिपो प्रमुख शर्माले रिमोट राखेर उपभोक्ता ठग्ने पम्पलाई बढी तेल दिएको अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.