स्टाण्डर्ड चाटर्ड बैंकले पायो एशिया बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१६

  २०७३ साउन २४ गते १५:५१     विकासन्युज

काठमाडौं, २४ साउन । स्टाण्डर्ड चाटर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६को उपाधि जितेको छ । प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धि रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए ।
SCB-Nepal
विजेताहरुको छनोटमा विशिष्ठ शिकाई तथा विकास प्रयास, कर्मचारी नियुक्तीमा अपनाईएको यूनिकनेश सञ्चारमा, तालिम तथा प्रशिक्षण अभ्यास, निरन्तर सिर्जनशिलताका आधारमा गरिएको थियो । इम्प्लोयर ब्राण्डिङ इन्टिच्यूट) र अन्य कुटनीतिक साझेदारद्धारा आयोजित उक्त कार्यक्रमलाई एशिया कन्फेडेरेशन अफ विजनेशद्धारा प्रायोजित गरिएको थियो । कार्यक्रममा २०१६ अगष्ट ४ गते सिंगापुरमा आयोजना गरिएको थियो । स्टान्डर्ड चार्टर्ड नेपालबैंकका तर्फबाट एचआर प्रमुख विना राणाले उक्त पुरस्कार ग्रहण गरेकी छिन् ।

स्टाण्डर्ड चाटर्ड बैंक नेपालल यस वर्ष ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६, उत्कृष्ठ वर्ष २०१६ को युरोमनी पुरस्कार समेत जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.