पाँच मुलुकको मुद्रा खरिद-बिक्रि खुल्ला

  २०७३ साउन २४ गते १२:१३     विकासन्युज

currencyकाठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले थप पाँच वटा मुलुकको मुद्रा खरिद तथा बिक्रि सुबिधा थपेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी नयाँ निर्देशीका जारी गर्दै स्विडेन, डेनमार्क, हङकङ, बहराइन र कुवेतको मुद्रा खरिद तथा बिक्रि सुबिधा खुल्ला गरेको हो । यस अघि अन्य १७ मुलुकको मुद्रा मात्रै खरिद तथा बिक्रि सुबिधा थियो भने यी मुलुकको मुद्रा खरिदको सुबिधा मात्रै थियो ।

अब यी पाँच मुलुकमा जाने नेपालीहरुले तिनै मुलुकको मुद्रा बोकेर जान पाउनेछन् । यस अघि ती मुलुकमा जाने नेपालीहरुले डलर बोकेर जानुपर्ने बाध्यता थियो । राष्ट्र बैंकको विदेशी विनियमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुङगानाले मुद्रा सटहीको खर्च कटौती हुने तथा ती मुलुकमा जाने नेपालीहरुले सोही मुलुकको मुद्रा लैजान पाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.