प्रचण्डलाई बधाई दिँदै उद्योगीले भने–साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर चाहियो

  २०७३ साउन २४ गते ३:३७     विकासन्युज

PM with CNI Delegationकाठमाडौं, २४ साउन । नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालललाई बधाई दिँदै साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुर्याउन सुझाव दिएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भूकम्प र नाका बन्दीले जर्जर बनेको औद्योगीक क्षेत्रको पुनरुत्थानका लागि समेत आग्रह गरेको थियो ।

भेटमा बजेटले लक्ष्य गरे अनुरुप ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले पूँजीगत खर्च वृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने, व्यापार घाटा न्यून गर्ने, आधारभूत तहका जनता समक्ष रोजगारीका अवसरहरु सृजना गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुननिर्माण, नवनिर्माण र आवास निर्माणमा उच्च प्राथमिकता दिनु पर्ने सुझाव पनि उनीहरुले दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्यहरु गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिएका थिए ।

यसैबिच, परिसंघ टोलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि बधाई दिएको छ । टोलीले अर्थ व्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रा स्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यून आर्थिक वृद्धिको चुनौती चिर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.