बिनोद चौधरीले बेचे सिजी टेलिकम

  २०७३ साउन २० गते १२:१६     विकासन्युज

काठमाडौं, २० साउन । चौधरी समुहकले सिजि टेलिकम बेचेको छ । चौधरी समुहले ३३ लाख रुपैंयाँ सिजि टेलिकम बेचेको हो । ५० करोड अधिकृत पुँजी तथा दुई करोड ७५ लाख चुक्ता पुँजी रहेको सिजि टेलिकम रामेछाप चिसापानी ७ का सुरेशराज घिमिरेले किनेका हुन् ।

सिजिमा विनोदकी श्रीमती सारिका चौधरीको नाममा २ हजार ५ सय तथा निर्वाण चौधरीका नाममा दुई करोड ७२ लाख ५ सय कित्ता सेयर रहेको थियो । ग्रामिण क्षेत्रमा सेवा विस्तारका लागि एसटिएम टेलिकम सञ्चार प्रालिका नाममा स्थापित कम्पनीको नाम पछि मात्रै सिजि टेलिकम राखिएको थियो ।

कम्पनीले पूर्वाञ्चलका ५३४ गाविससहित नेपालको ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि अनुमति प्रदान गर्ने क्षेत्राधिकार पाएको थियो । एक लाख दस्तुर तिरेर २०६० मंसिर ५ गते स्थापित कम्पनीसँग जिएसएमको ९०० ब्याण्डमा २.४ मेगाहर्जका दुई वटा फ्रिक्वेन्सी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.