वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै

  २०७३ साउन २० गते ७:३५     विकासन्युज

काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ ।

दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ ।

उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

Nepal_Airlinesजहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए ।

निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ ।

तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए ।

निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.