ल्याक्टोफन क्याण्डीको ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ अभियान शुरु

  २०७३ साउन २० गते ७:२९     विकासन्युज

काठमाडौं, २० काठमाडौं । ल्याक्टोफन क्याण्डीको नयाँ स्वरुपलाई कम्पनीले देश भर ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ भन्ने विज्ञापन अभियान नारा सहित बजारीकरण  गरेको छ । उक्त विज्ञापन अभियानमा बच्चाहरुको सबै भन्दा लोकप्रिय क्याण्डी अझै ठूलो र स्वादिलो भएको कारणले उनीहरुले देखाएको खुसी र उंमगलाई झल्काएको छ ।

lactiसुजल फुड्स प्रा.लि.द्धारा उत्पादित ल्याक्टोफन क्याण्डी दूध र क्यारमेलको भरिपूर्ण रहेको एक स्वादिष्ट क्याण्डी हो । विगत २० वर्ष देखि ०.५० पैसामा उपलब्ध रहेको यस क्याण्डीले बच्चाहरुमा खुसी र उंमग प्रदान गरिरहेको कम्पनीले जनाएको छ । उक्त ल्याक्टोफन क्याण्डीलाई अझै ठुलो र अझै टेस्टी अनी नयाँ स्वरुपमा नेपाली बजारमा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार ल्याक्टोफन क्याण्डीको रजिस्ट्रर ट्रेडमार्क हो जसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वास्थ्यकर वातावरणमा उत्पादन गरिन्छ । त्यसैले हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइन्छ ।

यसको प्याकेजिङ्ग चम्किलो , आकर्षक दुवै तर्फ गरिएको, रमाइलो रातो, निलो, र पहेंलो रङ्गले सजिएको छ कम्पनीले जनाएको छ । रातो तथा निलो रङ्गको समिश्रणले नयाँपन झल्काएको छ भने निलो तथा पहेलो रङ्गको समिश्रणले लोकप्रिय ल्याकटोफन क्याण्डीको आभास झल्काएको छ । सम्पूर्ण रुपमा नयाँ ल्याकटोफन क्याण्डी ठुलो, रङ्गीचङ्गी, खुसी तथा उंमगले भरिपुर्ण रहेको छ । यस क्याण्डीलाई अत्यन्तै सुन्दर, अन्तराष्ट्रिय स्तरको आकर्षक जार तथा आकर्षक प्याकेटमा उपलब्ध गराइएको छ ।

ल्याक्टोफन क्याण्डीको नयाँ विज्ञापन राष्ट्रिय स्तरमा “ल्याक्टो टेष्टी, धेरै मस्ती” भन्ने नारासहित प्रचार प्रसार अभियान सुरु गरेको छ । उक्त नयाँ बजार प्रवर्धन योजनामा बच्चाहरुले धेरै रुचाइएको र मन पराएको ल्याक्टो फन क्याण्डी अझै ठुलो, स्वादिष्ट र आर्कषक एबअपबनष्लन मा उपलब्ध भएकोले आफ्नो खुसी र उमंग दर्शाएका छन् । सोही सन्देश विभिन्न पत्र पत्रिका, रेडियो जिङ्गल मार्फत प्रवाह गरिएको छ ।

आइएसओ २२०००ः२००५ अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त, लक्ष्मी ग्रुपको भातृ संस्था सुजलले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ । जसमध्ये का उत्कृष्ट उत्पादनहरु चोकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौदेखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.