कोनाजोले समाले एनएमबि माइक्रोफाइनान्सको सीईओ पदभार

  २०७३ साउन २० गते ५:१३     विकासन्युज

पोखरा, २० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद तिर्थरत्न कोनाजोले समालेका छन् । संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जामा आयोजित एक स्वागत कार्यक्रमका बीच बुधवार उनले पदभार ग्रहण गरेका हुन् ।

nmb_micro_financeकोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको बताउदै त्यसका लागि थप मेहनत गर्न जरुरी भएको बताए । वित्तीय संस्थाको संचालक समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आगामी दुई वर्षका लागि चयन गरेको हो ।

नेपाल बैंक, हिमालयन बैंक हुँदै आरएमडिसी (रुरल माइक्रोफाइनान्स वित्तीय संस्था) मात्र करिव १७ वर्ष काम गरेका कोनाजो बैकिङ र लघुवित्त क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

२५ जिल्लामा लघुवित्त सेवा प्रदान गर्न राष्ट्र बैंकबाट स्वीकृत पाएको एनएमवि माइक्रो फाइनान्सले हिमाली तथा पहाडी जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । गत असार मसान्तसम्ममा करिव ३६ हजार सदस्य मार्फत ९४ करोड कर्जा लगानी गरी १९ करोड वचत संकलन गरेको उक्त संस्थाले जानकारी दिएको छ ।

यस संस्थाको हाल चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँ रहेको १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी १० करोड १२ लाख पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.