नयाँ ल्यापटप किन्दै हुनु हुन्छ, यि सिरिजका ल्यापटप केहि फरक छन्

  २०७३ साउन १९ गते १७:१५     विकासन्युज

काठमाडौं, १८ साउन। ल्यापटप किन्न जाँदा सबैमा आउने दुविधा हो, कुन कम्पनीको ल्यापटप किन्ने? र्याम, हार्ड डिस्क कति चाहिन्छ? प्रसोसर कस्तो हुनुपर्छ?

कामको प्रकृती हेरर यी ल्यापटका यी विशेषत तय गर्न सकिन्छ। सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै एनिमेसन, प्रोग्रामिङ) बढी गरिन्छ भने प्रोसेसर पनि नयाँ जेनेरेसनका शक्तिशाली नै खोजिन्छ। यहाँ ७ ल्यापटपको बारेमा चर्चा गरिएको छ।

Dell Inspiron 15 7000 Seriesbest laptops to buy 165765312 (2)

ल्यापटपमा गेम खेल्न रुचाउने र व्यावसायिक काम गर्ने दुवै प्रयोगकर्तालाई यो ल्यापटपले निराश बनाउदैन। टच स्क्रिस विशेषता सहित किन्न पाइने यो ल्यापटपमा कोर i5 र I7 प्रोसेसर राखिएको छ। यसमा १६ जीबी र्याम अनि एनभिडिया जिफोर्स GTX 960M GPU, १२८GB SSD सहित १ टिबीको हार्ड डिक्स रहेको छ।

Dell Alienware 15best laptops to buy 165765312 (6)

हेभी ग्राफिक्स ह्यान्डल गर्न सक्ने यो ल्यापटप विन्डोज १० अपरेटिङ सिस्टम सहित बजारमा उपलब्ध छ। यसमा १६ जीबी र्याब, इन्टेल कोर स्काइलेक प्रोसेसर र १ टिबी हार्ड डिस्क रहेको छ। अन्यमा भन्दा यसमा बढी पोर्ट र राम्रो क्यामेरा जडान गरिएको छ।

XPS 13 Laptopbest laptops to buy 165765312 (5)

डेलको अर्को यो ल्यापटप पनि विन्डोन १० सहित उपलब्ध छ। १३.३ इन्च QHD+ रिजोलुसन डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर सहित यसमा ८ जीबी र्याम 256 GB SSD राखिएको छ। यसको इन्फाइनाइट एज डिस्प्ले प्रयोगकर्ताले नौलो अनुभव पाउँछन्।

HP Spectre 13best laptops to buy 165765312 (8)

एचपीको यो नयाँ ल्यापटप कम्पनीले विश्वकै पातलो रहेको दाबी गरेको छ। १३ इन्चको फुल एचडी डिस्प्ले, इन्टेल स्काईलेक प्रोसेसर, विन्डोज १० सहित आउने यो ल्यापटपमा ८ जीबी र्याम राखिएको छ।

Acer Predator G9-792best laptops to buy 165765312 (1)

एसरका ल्यापटपले पनि राम्रै बजार लिएको छ। १७ इन्चको डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर र ६४ जिबीसम्मको र्याम, १ टिबी हार्डडिस्क, विन्डोज १० सहित आउने ल्यापटपमा एनभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड लगाइएको छ।

Asus ZenBook Pro UX501VWbest laptops to buy 165765312 (7)

ताइवानी कम्पनीको यो ल्यापटपमा १५.६ इन्चको अल्ट्रा एचडी डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर, १६ जिबी र्याम, ५१२ जिबी हार्ड डिस्क र एभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड जडान गरिएको छ।

Apple Macbook Probest laptops to buy 165765312 (4)

इन्डस्ट्रीकै उत्कृष्ट ल्यापटपमा पर्ने एप्पलको म्याकबुक प्रोमा १६ जिबी र्याम, ५१२ जिबी हार्डडिस्क, १५.४ इन्च रेटिना डिस्प्ले, इन्टेल कोर i7 प्रोसेसर, एचडी रिजोलुसन क्यामेरा सहित मेटलको बडीले सुसज्जित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.