नेपालको पुँजी बजारमा ठूलो ब्रेक थ्रु

  २०७३ साउन १९ गते ११:४०     डा. रेवतबहादुर कार्की

bm_Rewat_Bahadur_Karkiiआर्थिक विकासका लागि पूँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको पुँजीबजारको महत्व र विकास मुलुकको विकाससँगै अगाडि बढेको देखिन्छ ।

नेपालमा पुँजीबजारको प्राथमिक बजार १९९४ सालमा विराटनगर जुट मिल र नेपाल बैंकले सेयर सार्वजनिक निष्कासनसँगै आरम्भ भए पनि निष्कासित सेयरको कारोबार गर्ने दोस्रो बजारको खास संस्थागत विकास आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपश्चात् सन १९९३ मा पुँजीबजारको नियामक निकाय— नेपाल धितोपत्र बोर्ड ९सेबोन० का साथसाथै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्थापनासँगै भएको हो । यसबाट हेर्दा दोस्रो बजारको संस्थागत विकासको इतिहास पनि दुई दशक नाघी यस बजारमा निकै उतारचढाव आएको छ ।

विगत दशकमा पुँजीबजारमा सुधार मुख्यतः २०६३–२०६५ सालमा दोस्रो जनआन्दोलनपश्चात् माओवादीसँग शान्ति सम्झौताका साथै यस दलकोे समेत सहभागितामा उदार आर्थिक नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपछि नेप्सेको संस्थागत सुधार, नीतिगत तथा बजार सुधार गरिएको थियो भने त्यसपश्चात् सरकार परिवर्तनसँगै नीतिगत अस्थिरता भए तापनि २०६६/६८ सालमा दलाल संख्यामा वृद्धिका साथै मर्चेन्ट बैंकिङको विकास, म्युचुअल फन्ड तथा क्रेडिट रेटिङको सुरुवात तथा सीडीएससी कम्पनीको स्थापनाजस्ता सुधारका केही कार्य भएका थिए ।

यस अवधिमा पुँजीबजार विकासको मापन गर्ने मुख्य परिसूचक नेप्से परिसूचक ०६३ असारको ३८७ अंकबाट ०६४ र ०६५ असारमा कमशः ६८४ र ९६३ अंकका साथै त्यही भदौमा ११७५ अंक पुगी त्यस बेलासम्मको उच्च रेकर्ड कायम गरेको थियो ।

तर, त्यसपछि तत्कालीन माओवादी सरकारका अर्थमन्त्रीले पुँजीबजारलाई ‘जुवाको घर’ को संज्ञा दिई नीतिगत अस्थिरता हुँदा बजार निरुत्साहित भई २०६८ असार १ मा नेप्से सबैभन्दा कम बिन्दु २९२ अंकमा झरेको थियो । यही अस्थिरताबीच पनि उतारचढावका साथै केही सुधार हुँदै २०७० असारमा ५१८ अंकसम्म पुगेको थियो ।

दोस्रो सविधानसभाको निर्वाचनपछि पुनः उदार नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपश्चात् उक्त ५१८ अंकको नेप्से ०७१ असारमा १०३६ अंक पुग्यो र २०७२ वैशाखको विनाशकारी भूकम्पको असरबाट केही प्रभावित भई असारमा ९६१ अंक रहेको थियो । यस अवधिमा बजार पुँजीकरण जीडीपीको १५ देखि ६० प्रतिशत ९निष्कासित साधारण सेयरको आधारमा यो अनुपात एकतिहाइ अर्थात् २० प्रतिशत मात्र० हाराहारीमा उतारचढावमा रहेको थियो ।

यही क्रममा नेपाल राष्ट्र बैंकले ०७२र७३ का मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाको पुँजी तीन गुणा वृद्धि गरी चौबर (वाणिज्य बैंकका ८ अर्ब) गरे लगत्तै धितोपत्र बजार तीव्र बढ्दै केही समायोजन हुँदै ०७२ पुसमा १२०० अंकको हाराहारीमा थियो ।

यसरी पुँजी वृद्धिसँगै बोनस र हकपत्रमार्फत सेयर संख्या बढ्ने हुँदा प्रतिसेयर आम्दानी अर्थात् प्रतिफल अरू घट्छ, बढ्ने होइन । यसरी प्रतिफल घट्नेमा वास्ता नगरी यहाँका लगानीकर्ता हकप्रद सेयरप्रिय ९राइट सेयर फोबिया० भएकाले सेयरको माग बढाई बजार बढाउने परिपाटी नै भइसक्यो । तर, विकसित देशमा यसरी बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि हुँदा सेयरको प्रतिफल घट्ने हुँदा यसको असर सेयर बजारमा नकारात्मक पर्ने गरेको छ ।

पुँजीबजारमा हालसालको सुधाररआधुनिकीकरण स् पुँजीबजारको मुख्य नियमनकर्ता नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको समस्या हल गर्दै लगी उनीहरूको हित संरक्षण गर्ने, नियमन र सुपरीवेक्षणलाई सदृृढ गरी बजार विकास गर्ने जस्ता सुधारका योजनाहरू आक्रामक रूपमा अघि बढाई कार्यान्वयन गर्दै लगेको छ ।

स्टक मार्केटको संरचनात्मक सुधाररआधुनिकीकरण गर्ने क्रममा बोर्डले दिएको निर्देशनअनुरूप २०७२ माघदेखि पूर्ण रूपमा अभौतिक धितोपत्र (पेपरलेस) को मात्र कारोबार प्रारम्भ भई धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (अटोमेटेड) भएको छ ।

यसबाट स्टक मार्केट आधुनिकीकरणका तीन पक्षहरू– कारोबार, राफसाफ (क्लियरिङ) र फछ्र्योटरनामसारी (सेटलमेन्टरओनरसिप ट्रान्सफर) का प्रक्रियाहरू स्वचालित भई नेपाल पनि दक्षिण एसियाका अन्य देशसरह पुगी पुँजीबजारले एक उपलब्धि हासिल गरेको छ ।

सम्पूर्ण सूचीकृत कम्पनीहरूको धितोपत्रहरू २०७२ पुस मसान्तसम्ममा अभौतिकीकरण गराई पहिले (०६४ सालदेखि) नै सुरु गरिएको आंशिक स्वचालित प्रणालीलाई गत माघबाट पूर्ण स्वचालित सेवा (धितोपत्रको कारोबार, नामसारी र राफसाफ) आरम्भ गरिएको छ, जसबाट नेपाल पनि आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ ।

धितोपत्रको दोस्रो बजार कारोबारलाई प्रतिस्पर्धी एवं पारदर्शी बनाउनका लागि लगानीकर्ताले बजारको गहिराई (मार्केट डेप्थ) अर्थात् सेयर किन्ने–बेच्नेको माग–आपूर्ति स्थिति हेर्न पाउने व्यवस्था गरिएको छ भने दक्षिण एसियामै उच्च रहेको ब्रोकर कमिशन हालै ४० प्रतिशतसम्म घटाई सेयर लगानीलाई प्रोत्साहन गरिएको छ ।

यस्तै, ओटीसी बजारलाई हालै सञ्चालनमा ल्याई, यसको कारोबार शुल्क ९० प्रतिशतसम्म घटाई यसलाई पनि प्रोत्साहन गरिएको छ । त्यस्तै बजारका अन्य सुधारहरू जस्तै हकप्रद र बोनस सेयर र नगद तथा आइपियोमा नपरेको पैसा लगानीकर्ताका डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने व्यवस्था, मेर्चेन्ट बैंकिङ तथा ब्रोकर सेवालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रयास गरिएको तथा प्राथमिक बजारमा सुधार (आईपीओमा डिम्याट अनिवार्य गरिएको), पुँजीबजारमा समावेशी गर्ने, बोर्डले सुधारका लागि नेप्से र सीडीएससीलाई विभिन्न निर्देशन इत्यादि धेरै सुधारका कार्यहरू भइरहेका छन् ।

गत माघमा फुल डिम्याटश्चात २०७२ पुसमा १२०० को हाराहारीमा रहेको नेप्से परिसूचक लगातार बढी २०७३ असारमा १७१८ अंक हुँदै साउन १२ मा १८८१ अंक पुगी बजार पुँजीकरण जीडीपीको अनुपात करिब ८५ प्रतिशत पुगेको छ तर निष्कासित साधारण सेयर (फ्लोटेड)को आधारमा यो अनुपात एकतिहाइ अर्थात् करिब ३० प्रतिशत मात्र रहन्छ ।

विगत एक वर्षमा यो परिसूचक झन्डै शतप्रतिशत बढेको छ । योभन्दा अघि सेयर नामसारी औसतमा तीन महिना लाग्नेमा अब कारोबार गरेको चार दिनमा पैसा पाउनेसहित नामसारी हुने हुँदा कारोबारको चक्र (रोटेसन) व्यापक बढी कारोबार संख्या तेब्बर, दैनिक कारोेबार औसत रु.५० करोडबाट रु. २ करोड नाघी धेरै नयाँ लगानीकर्ताहरू पनि बजारमा भित्रिएका छन् । यसरी पुँजीबजारमा ठुलो ठूलो बक थु्र (परिवर्तन)त निश्चय नै भएको छ ।

के यो वृद्धि यसैको मात्र असर हो त रु यसमा अरू कारकहरू पनि छन्, जसको विश्लेषण गर्नु आवश्यक छ । भूकम्प र नाकाबन्दीका कारणले अन्य लगानीका न्यून अवसर तथा उच्च तरलता, बैंक–वित्तीय संस्थाको पुँजी वृद्धिसँगै ‘राइट सेयर फोबिया’ को वर्चस्व, बैंक–वित्तीय संस्थबाट सजिलो र सरल ब्याजदरमा कर्जा उपलब्ध हुनु, न्यून वित्तीय साक्षरताको कारणले हल्लारभीड र भेडे प्रवृत्तिको बढी प्रभाव पर्नु इत्यादि कारकहरू मुख्य रूपमा देखा पर्छन् ।

प्राविधिक विश्लेषणका आधारमा उक्त वृद्धि केही मात्रामा सपोर्ट होला, तर आधारभूत विश्लेषण गर्दा खासगरी देशको आर्थिक अवस्था जो करिब विगत वर्षको स्थितिमा छ, भूकम्प र नाकाबन्दीका कारणले केही छुट दिई सामान्य अवस्थामा रहेका सूचीकृत कम्पनीको वित्तीय अवस्था, अन्य राजनीतिक एवं बाह्य तत्वहरू बलिया नभई कमजोर नै देखिन्छन्, साथै नीतिगत अस्थिरता पनि त्यत्तिकै छ ।

प्रमोटर सेयर १० वर्षपछि साधारण सेयरमा परिणत हुने बैंक–वित्तीय संस्था ऐनको संशोधित व्यवस्था निकट भविष्यमा संसद्बाट पारित भएमा हाल कुल सेयर संख्याको एकतिहाइ मात्र रहेका साधारण सेयर संख्या दुईतिहाइ बढ्दा अर्थात् तेब्बर भई सेयरको व्यापक बढ्ने आपूर्तिले बजारलाई निकै असर गर्ने देखिन्छस तसर्थ यी सबै कारकले माथिको शतप्रतिशतको वृद्धि थेग्न सक्ने देखिँदैन अर्थात् उच्च जोखिम देखिन्छ । त्यसैले यो वृद्धि टिक्न सक्नेमा धेरै आंशका छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने पुँजीबजारको वृद्धि आफैं स्वतन्त्र चर ९इन्डिपेन्डेन्ट भेरिएबल० नभई केहीमा आधारित हुने चर (डिपेन्डेन्ट भेरिएबल) हो । त्यसैले हल्ला वा भीडको पछि लागी बजारमा लगानी गरी फस्नुको सट्टा आफैंले राम्रोसँग हेरी लगानी गर्नु उपयुक्त हुन्छ । यसै सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरालाई दिएको अर्ती ख्याल गरौं— ‘सबैले गरेका छन् भन्दैमा भीडको पछि लाग्नु हुन्न भन्ने तागत हुनुपर्छ ।’

सामान्यतया पुँजीबजारमा बजारको अवस्था उच्च हुँदा सेयर बेची राम्रो अवस्थामा रहने र मन्दी बजार हुँदा सेयर किन्ने भन्ने सिद्धान्त हो । तर, हाम्रो बजारमा विवेकशील लगानीकर्ताले चाहिँ यही सिद्धान्तलाई पछ्याई अहिले अधिकांश सेयर बेची सुरक्षित भएको बझिन्छ भने अन्य केही लगानीकर्ता ‘प्राइस फोबिया’ मा लागेर नबुझी बजारमा पसिरहेका छन् र यिनीहरूसँग जोखिम बेहोर्ने क्षमता पनि कमजोर हुन्छ ।

यसको मतलब सेयर किन्नै हुँदैन भनेको होइन, अहिले पनि कम्पनीको अवस्थाको राम्रो विश्लेषण गरेर किन्नु नराम्रो होइन । हल्लाको पछि लागेर पुँजीबजारमा प्रवेश गर्ने लगानीकर्ता नराम्रोसँग फस्छ । त्यसैले बजारमा राम्रो बुझेर लगानी गर्नु उपयुक्त हुन्छ । सेवोनले यसबारे लगानकर्तालाई बारम्बार सतर्क गराउँदै पनि आएको देखिन्छ ।

नेप्से परिसूचकको ह्वात्तै वृद्धिले अस्थिर बजारको इंगित गरे पनि बजारमा केही संरचनात्मक सुधार भई आधुनिकीकरणको चरणमा प्रवेश गर्नु ठूलो उपलब्धि भएको देखिन्छ । भएको विकासलाई दिगो बनाउँदै उदार अर्थनीतिका साथै राजनीतिक स्थिरताजस्ता आधारभूत तत्वहरूमा एकातर्फ जोड दिनुपर्नेछ भने अर्कातर्फ बजारलाई आधुनिक, स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं बजारमैत्री बनाई देशको शीघ्र आर्थिक विकास गर्नु अर्को आवश्यकता छ ।

यस क्रममा प्रविधिको संरचनात्मक सुधार, बजारको व्यापकता (काठमाडौं बाहिर समेत), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससीको संरचनात्मक तथा संस्थागत सुधारसहित करिब ४ सय संस्थाको नियमन र सुपरिवेक्षणमा चुस्तता ल्याउनुपर्छ ।

अर्कातिर धिपोपत्र बोर्डलाई स्वतन्त्र एवं विश्वसनीय नियमन निकायका रूपमा विकास गर्ने, धितोपत्र व्यवसायी (बोकर र मर्चेन्ट बैंकर) को सेवालाई स्तरीय र प्रतिस्पर्धात्मक बनाई कार्यक्षेत्र वृद्धि गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरूको पँुजीबजारमा सहभागिता बनाउने, विदेशी प्रविधि तथा लगानी भित्र्याइ गुणात्मक सुधार गर्ने, सूचीकृत कम्पनीहरूको सुशासन कायम गर्ने, बजारको स्थायित्वका लागि नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताका रूपमा सहभागी गराउने, भेन्चर क्यापिटल र प्राइभेट इक्युटी फन्डलार्ई प्रोत्साहन गर्ने जस्ता अनेकौं चुनौती छन ।

यी चुनौतीहरूको सामना गर्न धितोपत्र बोर्ड र सर्वोच्च नियमनकर्ता सरकार सक्रिय भई नेप्सेसहित सबै सरोकारवालाको सहयोग भए यसबाट देशको शीघ्र आर्थिक विकासमा निश्चय नै सहयोग पुर्याउन सकिन्छ ।

स्रोतःकारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.