नेपालमा लगानी बढाउन चीनिया लगानीकर्तालाई आग्रह

  २०७३ साउन १९ गते ११:२३     विकासन्युज

काठमाडौं, १९ साउन । मित्रराष्ट्र चीनको चेण्डु एसोसिएसन अफ फरेजिएन इकोनोमिक एण्ड ट्रेण्ड कोअपरेसनका महासचिव चेन जिओको नेतृत्वमा १६ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको छ । नेपाल भ्रमणमा आएका उक्त टोली तथा संघबीच दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यका साथ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
chengdu
सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै, दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका छन् । नेपालमा विशेष गरी जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादनको लगानीका लागि आग्रह गरेका छन् ।

यस भ्रमणबाट सम्बन्ध अझ मजबुत हुने तथा आर्थिक व्यापारिक सम्बन्ध अझ विस्तार हुने कुरा उनले बताएका छन् । साथै चेण्डु शहरमा हुने व्यापार मेलाहरुमा नेपाली हस्तकलाका उत्पादनहरु रुचाइएको हुँदा मुख्य शहरहरुमा नेपाली उत्पादनहरुको प्रदर्शन कक्ष उपलव्ध गराइदिन अनुरोध गरेका छन् ।

चेन जिओले चेण्डु शहरमा नयाँ एअरपोर्ट निर्माण भइरहेको र यसबाट पर्यटक आदान प्रदानमा व्यापक बृद्धि हुने र व्यापार, लगानीमा समेत बृद्धि हुने कुरा बताएका छन् । यस भ्रमणमा संलग्न जलविद्युत, पर्यटन, विद्युतीय सामाग्री उत्पादन आदि क्षेत्रका व्यापारिहरुको संलग्नता भएको र उनीहरु नेपालमा लगानी गर्न आतुर रहेको कुरा उनले बताए । साथै उनले चेण्डुमा आयोजना हुने व्यापार मेलाहरुमा सहभागिताका लागि समेत निमन्त्रणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.