फास्ट ट्रयाक आफैं बनाउने प्रचण्डको प्रतिवद्धता

  २०७३ साउन १९ गते ८:०९     विकासन्युज

Prachandaकाठमाडौं, १९ साउन । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने–‘प्रधानमन्त्रीज्यु चिन्ता नगर्नुस, फास्ट ट्रयाक हामी आफैं बनाउँछौं, हुलाकी राजमार्ग पनि हामी आफैं बनाउँछौं ।’ उनले केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, चीनसँग पेट्रोलियम पाइप निर्माण लगायतका सबै काम यथोचित ढंगले अघि बढ्ने स्पष्ट पारेका हुन् ।

प्रचण्डले बजेट बिनियोजन गरिएका कुनै पनि काम नरोक्ने तर प्रधानमन्त्री ओलीले देखाएका असम्भव सपना भने पुरा नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीज्यु तपाईले बजेट बिनियोजन गर्नु भएका सबै काम अघि बढ्छन, तर बजेट बिनियोजन नगरिएका तपाइँको अनावश्यक सपना भने पुरा गर्न सकिन्न ।’

प्रचण्डले अथाह सम्भावना भएको देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यो पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । संसदलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न नयाँ सरकार प्रतिवद्ध रहने बताएका थिए । उनले चीन र भारतसँगको सन्तुलित सम्बन्ध कायम गराउनु पर्ने धारणा पनि राखेका थिए ।

छिमेकी बदल्न नसकिने भएकाले दुबै मुलुकसँग उचित सम्बन्ध कायम गर्नुपर्ने बताए । देउवाले चीन र भारतकाबिचमा नेपालले खेल्न नहुनेमा पनि जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.