पेट्रोल, डिजेल, मट्टितेलको मूल्य २ रुपैयाँ र ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

  २०७३ साउन १८ गते १४:२६     विकासन्युज

काठमाडौं, १८ साउन। नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

lp_gasनेपाल आयल निगमका अनुसार एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाईएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने छ ।

त्यस्तै पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि प्रतिलिटर ९९ रुपैयाँ रहेको थियो ।

यस्तै डिजेल र मट्टितेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.