सन २०३० मा कहाँ पुग्छ नेपाल ? कति नेपाली गाउँमा, कति शहरमा ?

  २०७३ साउन १८ गते ७:४८     विकासन्युज

काठमाडौं, १८ साउन । सरकारले सन २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट मध्यमस्तरको आय भएको मुलुक बनाउने योजना अघि सारेर काम गरिरहेको छ । त्यसैक्रममा सरकारले साक्षार जिल्लादेखि खुल्ला दिशा मुक्त क्षेत्र र नगरपालिकाहरु धमाधम घोषणा गरिरहेको छ ।

smart city
यसै सन्दर्भमा सन २०३० सम्ममा नेपाल कहाँ पुग्छ भन्ने सन्दर्भमा गरिएको एक अध्ययन रिपोर्ट सार्वजनिक भएको छ । लगानी बोर्डले गरेको सो अध्ययनले सन २०३० सम्ममा नेपालको अवस्था कस्तो हुनेछ ? भन्ने आंकलन गरेको छ । अध्ययनका अनुसार सन २०३० मा नेपालमा १० हजार ९२ मेगावाट विद्युतको माग हुने देखिन्छ ।

अध्ययनका अनुसार सन २०३० मा शहरमा बसोबास गर्ने नेपालीको संख्या ४० प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । त्यस्तै ५४ लाखको संख्यामा रहेको घरधुरी संख्या पनि बढेर ७७ लाख पुग्नेछ । हाल कायम रहेको दुई करोड ७६ लाखको जनसंख्या पनि बढेर सन २०३० सालमा ३ करोड ९० लाख पुग्नेछ ।

हाल शहरी इलाका खाना पकाउने इन्धनका रुपमा ३ प्रतिशत विद्युतिय उर्जाको प्रयोग भैरहेको छ । तर यो मात्रा सन २०३० सम्ममा यो बढेर ५२ प्रतिशत पुग्नेछ । ग्रामिण क्षेत्रमा परम्परागत उर्जाको प्रयोग ७७ प्रतिशतबाट घटेर ५५ प्रतिशतमा झर्नेछ । हाल ग्रामिण क्षेत्रमा ४ प्रतिशतको हाराहारीमा रहेको विद्युतको खपत पनि बढेर १९ प्रतिशत पुग्नेछ ।
hd_projects

ग्रामिण जनताले सन २०३० मा कोठा तताउन २५ प्रतिशत, पानी तताउन ४ प्रतिशत र खाना पकाउन ४५ प्रतिशत विद्युतिय उर्जाको प्रयोग गर्नेछन् । सन २०३० सम्ममा १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनादेखि ३३६० मेगावाट क्षमताको पञ्चेश्वर आयोजनासहित १४ वटा ठुला आयोजना निर्माण भैसक्नेछन् ।

त्यतिबेला जीडिपीमा कृषि क्षेत्रको योगदान अहिलेको ३३ प्रतिशतबाट घटेर २२ प्रतिशतमा खुम्चिनेछ । खनिज तथा खानीहरुको उत्खननले जीडिपीमा सो क्षेत्रको योगदान अहिले रहेको ७ प्रतिशतबाट बढेर १२ प्रतिशत पुग्नेछ । सेवा क्षेत्रको योगदान पनि ५२ प्रतिशतबाट बढेर ५४ प्रतिशत पुग्नेछ ।

उर्जा मन्त्रालयले ल्याएको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना सफल हुने हो  भने सन २०३० मा नेपालले आफुलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात समेत गर्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.