हिमस्टारद्वारा नयाँ एयर कन्डिसनर नेपाली बजारमा, सुपथ मूल्यमा पाइने

  २०७३ साउन १७ गते ११:२९     विकासन्युज

काठमाडौं, १७ साउन । हिम इलेक्ट्रोनिक्स प्रालि.ले हिमस्टारको नयाँ एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । उक्त कम्पनीले नेपालमा हिमस्टारका विद्युतीय सामग्रीहरू उत्पादन, वितरण, तथा बजार–व्यवस्थापन गर्दै आएको छ ।

कम्पनीका अनुसार हिमस्टार एयर कन्डिसनरमा कपर कन्डेन्सर छ जुन आलुमिनम कन्डेन्सरले भन्दा कम विद्युत प्रयोग गरेर चौतर्फी रूपमा तापक्रम रेगुलेट गर्छ । त्यसै गरी टर्बो कुल मोडले स्पिडलाई नियन्त्रण गरी आरामदायी रूपमा हावा सबैतिर फ्याँक्ने काम गर्दछ । अटो क्लिनका लागि एउटा बटन थिच्दा पुग्छ । जसले ए.सि.लाई भित्रबाट आफै सफा गर्छ ।

कम्पनीले बताए अनुसार एन्टि ब्याक्टेरियल फिल्टरले ब्याक्टेरिया भित्रिन दिँदैन र हावालाई स्वच्छ राख्ने काम गर्दछ । एक्टिभ कार्बोन फिल्टरले हावामा धुलो मिसिन दिँदैन । ह्यिुमिडि फिकेसनले आद्रतालाई नियन्त्रणमा राखी हावाको नमीलाई कायम राख्छ । कम्पनीका अनुसार अटो रिस्टार्टले बत्ती गए पछि पनि उही सेटिङ याद गरी बत्ती आउँदा सोही रुपमा काम गर्छ । त्यस्तै, भिटामिन सि फिल्टरले हावामा भिटामिनको मात्रालाई कायम राखी छालामा ¥यास आउन दिँदैन ।

हिमस्टारका यी कन्डिसनरहरु उत्कृष्ट हुनुको साथ सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको छ । १ र १.५ टन मा उपलब्ध यी एयर कन्डिसनर हिम इलेक्ट्रोनिक्सका आधिकारिक विक्रेताबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.