यति डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित

  २०७३ साउन १६ गते ११:३६     विकासन्युज

काठमाडौं, १४ साउन । यति डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित भएको छ । आइतबार बसेको बैंकको १४औँ वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँको सो प्रतिशतको हकप्रद सेयर जारी गर्ने निर्णयलाई पारित गरेको छ ।
agm_yeti

उक्त सभाले साधारण सेयरधनीको तर्फबाट सञ्चालकमा रुपेन्द्र पौडेललाई नियुक्त गरेको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्रधकको र ४९ प्रतिशत सर्वसाधारणको भएको सभाले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२र७३ मा ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा १३ करोड ९२ लाख रुपैंयाँ मात्रै नाफा कमाएको थियो ।

बैंकले असार मसान्तसम्ममा १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा तथा सापटी गरेको छ । आइतबार बजारमा बैंकको प्रतिकित्ता सेयर ४१७ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.