सोमर्सबी एप्पल साइडर अब इटहरीमा

  २०७३ साउन १६ गते ८:३१     विकासन्युज

काठमाडौं, १६ साउन । पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच बिक्री थालनीको घोषणा गरिएको छ । समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरुको सहभागिता थियो ।

Somersby-branchसोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५ प्रतिशत अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो । यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै क्रृतिम स्वाद र रंङ मिसाइएको छैन । काठमाडौं, पोखरा र नारायणघाट पछि नेपालको पूर्वी क्षेत्रमा इटहरीबाट बिक्री वितरण थालनी गरिएको छ र निकट भविष्यमा नेपालका अरु विभिन्न शहरहरुमा पनि पु¥याइने कम्पनीले जनाएको छ ।

साइडर नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक बन्दै गएको छ । सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त छ । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ ।

काल्सवर्ग समूहले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया,थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।

हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रतिबोतल मूल्य एक सय रुपैयाँ कायम गरिएको छ र यो १२ बोतलको कार्टनमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.