सिएट टायर र इनएआई लुब्रिकेन्टसको डिलर्स मिट सम्पन्न

  २०७३ साउन १६ गते ७:४६     विकासन्युज

काठमाडौं, १६ साउन । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको उपस्थिती रहेको थियो ।
tyre_stc
भारतको अपार इन्डष्ट्रिजको उत्पादन इटालीको इएनआई लुब्रिकेन्टस र भारतको उत्पादन सिएट टायरको नेपालमा बजार प्रबद्र्धन श्री एसटिसी प्रालिले गर्दै आएको छ । ३ दिनसम्म चलेको डिलर्स मिटमा प्रथम हुने डिलर्सहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । टायर सेगमेन्ट तर्फ डिलरद्धय प्रणाम इन्टरनेशनल, इटहरीका राधा प्रसाद ढकाल र शुभश्री ट्रेडर्स, उर्लाबारीका गोपाल कटुवाल प्रथम भएका हुन् ।

यसैगरी लुब्रिकेन्टस तर्फ सुरज इन्टरप्राइजेज, दमकका पिताम्बर न्यौपाने र शुभकामना अटोमोबाइल्स, ढुंगाअड्डा काठमार्डौका उमेश्वर लुइँटेल प्रथम भएका थिए । सिएट टायर नेपाली बजारमा दोस्रो स्थानमा रहेको कम्पनीको दावी छ भने इउनआई लुब्रिकेन्टस चौथो स्थानमा रहेको प्रबन्ध निर्देशक सुरेश उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.