तीजलाई लक्षित मेगा बैंकको नगद फिर्ता योजना, पाँच सयमा खाता खोल्दा अनेक लाभ

  २०७३ साउन १५ गते १४:३९     विकासन्युज

Mega-Bank_logoकाठमाडौं, १५ साउन । नारीहरुको महानपर्व तीजको अवसर पारेर मेगा बैंक नेपाल लिमिटेडले महिलाहरुलाई ‘मेगा नारी सिर्जनशील बचत खाता’मा विशेष योजना ल्याएको छ ।

तीजको सौगातस्वरुप ‘मेगा नारी सिर्जनशील बचत खाता’मा नगद फिर्ता योजना ल्याइएको हो । जसका लागि महिलाहरुले न्यूनतम पाँच सय मौज्दात रहने गरी ‘मेगा नारी सिर्जनशील बचत खाता’ खोल्नुपर्ने मेगा बैंकले जनाएको छ । यो खाता खोली मेगा भिसा डेबिट कार्डबाट गर्ने सम्पूर्ण खरिदमा २ प्रतिशत र मेगा भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता योजना ल्याइएको मेगा बैंकले जनाएको छ ।

यसैगरी, यो खातामा बार्षिक साँढे ३ प्रतिशत बार्षिक ब्याज पाइनेछ । खाता खोलेबापत भिसा कार्ड, एकाउन्ट विवरण सुविधा, मोबाइल बैंकिङ सेवा पाइनेछ । यस्तै, चेकबुक, अनलाइन बैंकिङ भने निःशुल्क पाइन्छ । सेफ डिपोजिट लकर र डिमाण्ड ड्राफ्टमा २५ प्रतिशत छुटको व्यवस्था छ । यो योजना सीमित अवधिसम्म मात्र संचालन हुने मेगा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.