आयल निगमले तिर्यो ३७ अर्ब ऋण

  २०७३ साउन १५ गते ६:४१     विकासन्युज

nepal_oilकाठमाडौं, १५ साउन । ३७ अर्ब ऋण तिर्दै नेपाल आयल निगम ऋण मुक्त बनेको छ । नेपालमा सबै भन्दा धेरै कारोबार गर्ने संस्थाका रुपमा स्थापित निगमले १० वर्षमा व्यहोरेको ३७ अर्ब ऋण दुई वर्षमै तिर्ने गरि आम्दानी गरेको हो ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा भारी गिरावट आएपछि निगमले मनग्गै नाफा गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा भारी गिरावट आएको भएपनि निगमले सो अनुसार मुल्य समायोजन गरेको छैन् । निगमले अब १७ अर्ब ऋण तिर्न बाँकी छ तर गत आर्थिक वर्ष २०७२/७३ मा गरेको नाफाबाट सो ऋण तिर्ने योजना निमगले बनाएको छ ।

२०७१ साल असोज १३ गतेबाट निगमले महिनामा दुई पटक मुल्य समायोजन गर्दै आएको थियो । इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचिका आधारमा निगमले इन्धनको मुल्य समायोजन गर्दै आएको छ । महिनामा दुई पटक मुल्य समायोजन गर्ने नीति अख्तियार गरेदेखि इन्धनको अन्तराष्ट्रिय बजार मुल्य निरन्तर घटिरहेको छ । त्यसको फाइदा स्वरुप निगमले निरन्तर नाफा आर्जन गर्दै ऋण मुक्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.