अख्तियारको फन्दामा नासु र खरदार, ७ दिनमा ६ कर्मचारी घुससहित पक्राउ

  २०७३ साउन १४ गते ११:५३     विकासन्युज

ciaaकाठमाडौं, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठुला माछा समाउन नसकेको आरोप लागेको धेरै भैसक्यो । केहि ठुला माछालाई जालमा पर्न लागेको भएपनि त्यो पुर्णतः सफल भैसकेको छैन र कतिपय अनुसन्धानहरु प्रतिसोधपुर्ण रहेको भन्दै आलोचित भैरहेका छन् । यसैबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन महिना लागेपछि मात्रै ६ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्यो । तर पक्राउ परेका सबै खरदार र नायब सुब्बास्तरका कार्मचारी मात्रै छन् ।

आयोगले साउन १ देखि ७ गतेको अवधीमा ६ जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको हो । आयोगले साउन १ गते यातायात व्यवस्था कार्यालय नारायणीबाट नायब सुब्बा प्रेम कुमार भट्टराईलाई २० हजार रुपैंयाँ घुससहित रंगेहात पक्राउ गर्यो । साउन २ गते शहरी विकास तथा भवन निर्माण विभाग मोरङबाट इञ्जिनियर चन्देश्वरी यादवलाई १० हजार घुस लिँदालिँदै पक्राउ गर्यो ।

साउन ३ गते कसैलाई फन्दामा पार्न नसकेको आयोग टोलीले साउन ४ गते फेरी अर्काे माछा जालमा पार्न सफल भयो । आयोगले साउन ४ गते बागमति यातायात कार्यालयबाट प्राबिधिक नायब सुब्बा सुर्य बज्र बज्राचार्यलाई १५ हजार रुपैंयाँ असुल्दै गर्दा पक्राउ गर्यो । साउन ५ गते फेरी सिँचाई विकास डिभिजन कार्यालय बिरेन्द्रनगरका सब इञ्जिनियर सञ्जय कुमार यादव ९७ हजार रुपैंयाँ घुस सहित समातिए ।

साउन ६ गते पनि आयोगले फेरी सक्रियता बढायो । नभन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीबाट इञ्जिनियर राम दुलारी शरण भगत एक लाख ५७ हजार सहित पक्राउ परे । त्यसको भोली पल्ट फेरी काठमाडौंस्थित मनमैजु मालपोत कार्यालयबाट अमिन लक्ष्मी प्रसाद देवकोटा ३० हजार नगदसहित समातिए ।

आयोगले देशभर आफ्नो पहुँच विस्तार गर्न भन्दै पाँच ठाउँमा क्षेत्रिय सम्पर्क कार्यालय सञ्चालन गरिरहेको छ । आयोगले धनकुटा, हेटौडा, पोखरा, सुर्खेत र दिपायलमा क्षेत्रिय सम्पर्क कार्यालय मार्फत काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.