अरोमाको दोश्रो शोरुम पाटनमा

  २०७३ साउन १४ गते ११:४२     विकासन्युज

aromaकाठमाडौं, १४ साउन । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि काठमाण्डौंको लैनचौरबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले ललितपुरको महापालपछि तत्कालै मकवानपुरको हेटौँडामा पनि शाखा विस्तार गर्न लागिएको र नेपालभर अब १५ भन्दा बढि शाखा विस्तार गर्ने अरोमा फेसनका प्रवन्ध निर्देशक अरुणराज भट्टराईले जानकारी दिए ।

नेपाली युवाहरुको रोजाईलाई ध्यानमा राख्दै सोहि अनुरुपमा नयाँ डिजाईनका कपडाहरु थाईल्यान्डमा तयार गरि नेपाली वजारमा ल्याईने निर्देशक भट्टराइले बताए । अरोमाले एकहप्ता अघिमात्र चावहिलमा पहिलो शोरूम विस्तार गरेको थियो । महापालको शोरूम रोटरी इन्टरनेशनलका अध्यक्ष जया शाह, हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, र कम्पनीका प्रबन्ध निर्देशक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे ।

यसैबिच कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेको छ । अरोमा थाईल्याण्डमा उत्पादन हुने बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादन विशेषगरी युरोप र एशियामा बढि मन पराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.