माछापुच्छ्रे बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता

  २०७३ साउन १४ गते ८:२०     विकासन्युज

काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंक लिमिटेड र इजी लिंक रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इजी लिंकका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले हस्ताक्षर गरेका हुन् ।

macchapuchree_remit‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको रेमिट्यान्सले जनाएको छ । सो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम माछापुच्छ्रेका देशभरि रहेका ५६ शाखाबाट भुक्तानी लिन सकिने छ । विदेशबाट पठाएको पैसालाई छिटोछरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने कम्पनीले जनाएको छ ।

इजी लिंकले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने, आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पारेको छ ।

सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंकमार्फत पठाएको रकम अब यसका २२ सयभन्दा बढी एजेन्ट, सब एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.