सोलारबाट चल्ने जहाजको सफल यात्रा, १० वर्षभित्र सोलार जहाज सबैतिर (फोटो फिचरसहित)

  २०७३ साउन १४ गते ६:४८     विकासन्युज

काठमाडौं, १४ साउन । सौर्य उर्जाबाटमात्र चल्ने संसारकै पहिलो सोलार जहाज ‘इम्प्लस–२’ले विश्व परिक्रमा गरेर मंगलबार युएइको अबुधाबीमा अवरतरण गरेको छ । सोलार इम्प्लस एयरप्लेनले ५०९ घण्टामा करिव ४२ हजार किलोमिटर यात्रा पार गरिसकेको छ ।
plane
नयाँ नयाँ प्रविधिको सफल प्रयोग र अनुसन्धान गर्ने क्रममा विज्ञानले फेरी नयाँ फड्को मारेको छ । सौर्य उर्जाबाट चल्ने सो प्लेनमा पेट्रोलियम पदार्थको प्रयोग शुन्य भएको बैंज्ञानिकहरुले बताएका छन् ।

सोलर इम्पल्सलाई बनाएका पाइलट आन्द्रे बोर्सबर्ग र पाइलट बरट्र्यान्ड पिकाडले उडाएका थिए । सौर्य उर्जाबाट चलेको प्लेनबाट विश्व यात्रा पुरा गर्न ५०० दिन विताएका थिए । ‘अनुकूल मौसमको पर्खाईमा हामीले लामो समय बितायौ । हाम्रो लक्ष्य पुरा गर्न प्लेन मर्मतमा पनि केही समय वितायौं’ पिकाडले भने ।

palne2‘क्याप्टेन पिक्काड र उनको टिमको लागि आज ऐतिहासिक दिन हो’ अबुदुवाईमा जहाज ल्याण्ड गरेपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले भने–‘तपाईले सोलार जहाज संसार घुमाएर परीक्षणमा सफल गर्नुभयो, यसलाई दिगो बनाउने यात्रा भने भरखर्रै शुरु भएको छ ।’

‘यो हवाई इतिहासमा मात्र होइन, उर्जाको इतिहासमा पनि पहिलो र महत्वपूर्ण उपलब्धि हो’ क्याप्टेन पिक्कार्डले भनेका छन् । ‘मलाई विश्वास छ, अबको १० वर्षमा हामीले छोटो र मध्यम दुरीमा चल्ले हवाई यातायातमा इलेक्ट्रीक जहाज देख्न सक्ने छौं, जहाँ इम्प्लसमा जस्तै क्लिन टेक्टोलोजिको प्रयोग हुनेछ’ –पिक्काडले भनेको छन्–‘ती जहाजमा ५० जना यात्रु हुनेछन् र ती जहाजहरु राम्रो नाफामा चल्लेछन् ।’

कसरी चल्छ ?

सोलार इम्प्लस २ ले सबैभन्दा लामो यात्रा जापानदेखि हवाईसम्मको ११७ घण्टा ५२ मिनेटमा पार गरेको छ । हवाई इन्धनबाट चल्ले आधुनिक जहाजहरुले उक्त दुरी पार गर्न २२ घण्टा लगाउँछन् ।

plane2सोलारबाट चल्ने प्लेन करिव ११८ घण्टा कसरी उड्यो होला ? प्लेनको माथिल्लो भागमा सोलार हुन्छ र त्यसबाट व्याट्री बैंकमा सौर्य उर्जा जम्मा हुन्छ । रातीको समयमा ती व्याट्रीले काम गर्छ ।

यो जहाजमा चार वटा विद्युतीय मोटर्स हुन्छन् । यसको स्पीड प्रति घण्टा ९० किलोमिटर छ र जहाज १२ हजार मिटर (३९००० फीट) माथि जान सक्छ ।

solar_impulse_v2_624inलाइटवेट सोलर ‘इम्पल्स–२’ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली ब्याट्री लगाइएको छ । जसले प्लेनलाई उडान भर्दा उर्जा दिने काम गर्छ । सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ ।

plane4यो प्लेनलाई अघिल्लै साल अप्रिलमा सार्वजनिक गरिएको थियो । त्यसपछि गत जुनमा यसलाई पहिलो पटक पश्चिमी स्विट्जरल्यान्मा दुई घण्टा १७ मिनेटसम्म उडाइएको थियो । १३ वर्ष लामो प्रयासपछि यो जहाज बनाउने कार्य सम्पन्न भएको हो ।

एजेन्सीहरुको सहयोगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.