नेपालको आर्थिक–सामाजिक विकासमा लगानी गर्न युएईलाई चेम्बरको आग्रह

  २०७३ साउन १३ गते १२:०९     विकासन्युज

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.) बीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निभाउन राजदूत साइद हमदान अल नगवीलाई आग्रह गरेका छन् ।
dn
नेपालका लागि संयुक्त अरव इमिरेटसका नवनियुक्त राजदूत साइद हमदान अल नगवी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीबीच आज नेपाल चेम्वर अफ कमर्समा भएको भेटघाटका अवसरमा अध्यक्षले उक्त कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण विकास हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष श्रेष्ठले गत वर्षको विनाशकारी भूकम्प पश्चात पुर्नस्थापना र पुर्ननिर्माणका लागि नेपालमा पूजीं र प्रविधिको आवश्यकता रहेको बताउंदैं नेपालमा संयुक्त अरव इमिरेट्सको पूजीं र प्रविधि भित्र्याउन अनुरोध गरेका छन् ।  अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले सेप्टेम्वर २३ देखि २७ तारेखसम्म आयोजना गर्ने नेपाल चेम्वर एक्सपो २०१६ मा सहभागिता जनाई व्यापार तथा लगानी गर्न समेत राजदूतलाई आग्रह गर्दै दुई देश विचको चेम्वर अफ कमर्सविच सहकार्य हुनु पर्ने बताए।

भेटघाटका अवसरमा राजदूत साइद हमदान अल नगवीले दुई देशबीचको आर्थिक–सामाजिक विकासमा आफूले सक्दो प्रयास गर्ने बताउंदै नेपालमा व्यापार, लगानी, पर्यटन, जलश्रोत उर्जा, कृषि लगायत प्रविधिमा संयुक्त अरव इमिरेट्सका निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराए । उनले दुई देशबीचको दोहोरो कर हटाउन आवश्यक रहेको बताउंदै, हवाई क्षमता विस्तार गर्न र कार्गाे सेवालाई प्रभावकारी बनाउन विशेष ध्यान दिन अनुरोध गरे ।

राजदूतले दुई देशबीचको आर्थिक सामाजिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.