इपिएस कोरियाको परीक्षाफल प्रकाशित, तीन हजार ५१७ कोरिया जान पाउने

  २०७३ साउन १२ गते ५:०९     विकासन्युज

epsकाठमाडौँ, १२ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाली भाषा परिक्षामा तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उतिर्ण सबैले कोरिया जाने अवसर प्राप्त गर्नेछन् ।

कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्तीर्ण भएका हुन । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए ।

कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्षसम्म सातौ पटक परीक्षा लिइएको थियो । (नतिजा हेर्न यहाँ क्लिक गर्नु होस)http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.