स्कोडाको नयाँ कार १५ मिनेट चार्ज गरेर ४ सय ८२ किलो मिटर चल्ने कार !

  २०७३ साउन ११ गते १५:५३     विकासन्युज

काठमाडौं, ११ साउन। यदि तपाइँलाई कार चढ्दा पेट्रोल वा डिजेल खर्च भएको देखेर दिक्क लागेको छ भने चिन्ता छोड्नुस् । अव पेट्रोल र डिजेल खर्च नगरी घन्टौं घन्टा यात्रा गर्न सकिन्छ ।

कार कम्पनी स्कोडाले केवल १५ मिनेट चार्ज गरेर झण्डै ५ सय किलोमिटर चल्ने कार लञ्च गर्न लागेको छ । फक्सवागनको एमइबी ब्याट्री प्लेटफर्ममा तयार गरिने यो कार थोरै चार्जबाट लामो समय चल्न सक्ने दावी कम्पनीले गरेको छ ।

skoda electric car

यी २ कम्पनीको हाइब्रिड ब्राण्डकोरुपमा इलेक्ट्रिक कार बजारमा आउन लागेको बताइएको छ । यो कारको विषयमा धेरै जानकारी बजारमा नआइसकेको भएपनि केवल १५ मिनेटमा फुल चार्ज हुने यो कारले एक पटकमा ४८२ किलोमिटर सम्म माइलेज दिन सक्ने छ ।

अझै रमाइलो कुरा त यो कारको मूल्य पेट्रोल वा डिजेलबाट चल्ने कार भन्दा सस्तो हुने बताइएको छ । यो मोडलको कार सन् २०२० सम्म बजारमा आइसक्ने छ । सन् २०१९ मै यसको स्कोडा सुपर्ब र नयाँ कोडिएक भर्सन बजारमा आइसक्ने कम्पनीले जनाएको छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.