जियोनिले ल्यायो एफ १०३ प्रो, यस्तो छ मोवाईल सेटका फिचर

  २०७३ साउन ११ गते १४:३६     विकासन्युज

काठमाडौं, ११ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो ल्याएको छ । नेपालमा अत्यधिक रुचाईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ भनी जियोनिले नेपाली बजारमा ल्याउँदैछ ।

geoni_mobileएफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । फोनमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एच डी (७२० पी) आइ पी एस ईन(सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) छ । अत्यन्त आकर्षक डिजाइन रहेको फोनमा जसको पनि नजर तुरुन्तै पर्छ ।
क्यामेराको हकमा एफ १०३ प्रोमा १३ मेगापिक्सेल्को फास्ट फोकस रियर क्यामेरा (टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचर सहित) र फेस ब्युटी र स्क्रिन फ्लाश सहितको ५ मेगापिक्सेल्को फ्रन्ट क्यामेरा छ जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्नेछ ।

एफ १०३ प्रो मा १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसर छ । अन्य जियोनि मोडेल सरह एफ १०३ प्रोमा डी टि एस साउन्टड प्रविधि रहेको छ जसले उत्कृष्ट गुणस्तरको ध्वनि उत्पादन गर्छ ।

फोनमा ३ जी बि ¥याम र १६ जी बो रोम (कार्डबाट १२८ जी बि थप्न मिल्ने) छ र एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ छ । डुअल सिम डुअल स्टान्डबाई रहेको यो सेटमा २४०० एम ए एचको ब्याट्री छ जसले २० घण्टाको टक टाईम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्दछ । सी डी एम ए सेट पनि चल्ने यो सेट मा ओ टि जी प्रविधि पनि छ । केवल ८.५ मि मि पातलो र १४३ ग्राम तौलको फोनमा यी सबै आकर्षक फिचर रहेको छ ।

एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरी ३ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.