सेञ्चुरी बैंक लिमिटेडले १०ः३ हकप्रद सेयर निष्कासन गर्दै, साउन १८ गते बुक क्लोज

  २०७३ साउन ११ गते ७:२०     विकासन्युज

काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि बैंकको साउन १८ गते बुक क्लोज हुने बैंकले जनाएको छ ।

उक्त निर्णय गत पुस २२ गते बसेको बैंकको पांचौं वार्षिक साधारणसभाले पारित गरेको थियो । बैंकका अनुसार सेयरधनीले सेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति( साउन १८) गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट शेयर खरिद गर्नुपर्ने छ ।

त्यसपछि शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लि., काठमाडौं प्लाजा, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.