एनआरएनलाई एक हजार घर बनाउन स्विटजरल्याण्डबाट ९३ लाख सहयोग

  २०७३ साउन ११ गते ५:५५     विकासन्युज

काठमाडौं, ११ साउन । भूकम्प पिडितहरुका लागि एक हजार घर निर्माण गर्ने अभियानमा जुटेको गैर आवासिय नेपाली संघ(एनआरएन)ले स्विजरल्याण्डबाट ९३ लाख सहयोग प्राप्त गरेको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सो मात्रामा सहयोग प्राप्त भएको हो ।
NRN_switzerland
स्वीस– नेपाली भूकम्प पुननिर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरी करिब ९३ लाख रुपैया  एनआरएनको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको हो ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा जुरिखमा आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरेपछिको प्रगती बिवरण बारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए ।

संघले प्रत्येक घर बनाउन करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.