एनएमबी माइक्रोफाइनान्सको नाफा तीन करोड

  २०७३ साउन ११ गते ५:२९     विकासन्युज

NMB_microfinance काठमाडौं, ११ साउन । एनएमबी माइक्रोफाइनान्सको  नाफा तीन करोड पुगेको छ । एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ९८ लाख नाफा कमाएको हो । यो नाफा कम्पनीले अघिल्लो आर्थिक वर्षमा कमाएको भन्दा एक करोड ९१ लाखले बढी हो ।

कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा जम्मा १ करोड ७ लाख नाफा कमाएकोे थियो । ७ करोड ४१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा तीन करोड रहेको छ । १ दशमलब १५ प्रतिशत खराब कर्जा रहेको एनएमबीको प्रति सेयर ६४ रुपैंया ८७ पैसा रहेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैंयाँ ३२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.