मारुती सिमेन्टको मनसुन अफर, बुलेट बाइकमा शानको सफर

  २०७३ साउन १० गते ९:०९     विकासन्युज

maruti_monsoonकाठमाडौं, १० साउन । मारुती सिमेन्टले मनसुल अफर ल्याएको छ । सिमेन्टको बजार बढाउने उदेश्यसहित ल्याइएको अफरको नाम मारुती सिमेन्टको सबै भन्दा ठुलो अफर बुलेट बाइकमा शानको सफर राखिएको छ ।

अफर अनुसार प्रत्येक १५ बोरा सिमेन्टको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त हुनेछ । सो कुपन स्क्र्याच गरि हरेक कुपनमा अनेक उपहार प्राप्त गर्न सकिनेछ ।

उपहारमा चाँदीका सिक्का, मोबाइल फोन, सपिङ भौचर र हरेक १५ बोरामा प्रति बोरा १० रुपैंयाँदेखि २५ रुपैंयाँसम्म नगद छुट प्राप्त हुनेछ । त्यस्तै, भाग्यशाली खरिद कर्ताले फच्र्युन ह्विल घुमाउने अवसर समेत प्राप्त गर्नेछन् । जसमा टिभिएस अपाचे आरटिआर १८०, सामसङ ५५ इञ्चको एलइडी टिभी, आइफोन ६ प्लस, सामसङ एस७ एज, एयर कन्डिसनर, एचपी र डेलको ल्यापटप, होम थियटर, माइक्रोवेभ, डबल डोर फ्रिज लगायत छन् ।

मारुती सिमेन्टले बम्पर उपहार अन्तर्गत रोयल इनफिल्ड क्लासिक ३५० बुलेट बाइक प्रदान गर्नेछ । साउन ७ गतेदेखि लागु भएको योजना काठमाडौं उपत्यका भित्र सिमित अवधीका लागि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.