प्रधानमन्त्री केपी ओलीद्धारा राष्ट्रपति समक्ष राजीनामा

  २०७३ साउन ९ गते १३:३०     विकासन्युज

kp-oliकाठमाडौं, ९ साउन । प्रधानमन्त्री खड्गप्रसाल ओलीले पदबाट राजीनामा दिएका छन् । आईतबार साँझ संसद्लाई सम्बोधन गर्न जानुपूर्व उनले राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष राजीनामा दिएका हुन् ।

संसद्मा बोल्दै प्रधानमन्त्री ओलीले बजेटमा आश्रित तीन विधयक संसद्बाट अस्वीकृत भएपछि आफूले राजीनामा गरेको संसद्लाई जानकारी दिए । संसद्मा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ सरकारलाई सुझाव दिदै चालु आर्थिक वर्षको लागि जारी गरेको बजेटका महत्वपूर्ण कार्यक्रम नयाँ सरकारले के गर्छ भनि प्र्र्र्रश्न गरेका छन् ।

‘पूर्वाधारका निर्माणका नयाँ योजना के हुन्छन् ? सामाजिक न्यायका कार्यक्रममा के हुन्छन् ? दुर्गम क्षेत्र लक्षित विकास निर्माणका कार्यक्रम के हुन्छन् ? उनले नयाँ सरकारप्रति लक्षित गर्दै प्रश्न गरे ।

सरकारले ९ महिनामा गरेमा राम्रा कामको ’उनले सरकारलाई जानकारी गराए । उच्चस्तरीय राजनीति संयन्त्रले काम नगरेको, माओवादीले नै समालेका मन्त्रालयले नै राम्रो काम नगरेको उनले आरोप लगाए ।

सत्ता साझेदार नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल मन च्याचिएको भन्दै उनले भने–अविश्वासका प्रस्तावक साथीको मत च्यातिएको रहेछ,‘च्यातिएको मत तुन्न धेरै समय खर्च गरे । आज तुन्यो, भोली अर्कै तिर फर्कर आउने ।’

उनले संसद्मा लामो मन्तव्य दिदै आफू सत्ताको लोभी नभएको पटक पटक दोहोर्याए ।

नयाँ सरकार गठन गर्ने प्रक्रिया स्पष्ट पार्न मन्त्रिपरिषद्ले धारा ३०५ अनुसार वाधा फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.