बूम रेमिट्यान्स र मिसन डेभलपमेन्ट बैंकबीच सहकार्य

  २०७३ साउन ९ गते १२:५७     विकासन्युज

काठमाडौं, ९ साउन । बूम रेमिट्यान्स प्रालिले मिसन डेभलपमेन्ट बैक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बूम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम मिसन डेभलपमेन्ट बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

उक्त सम्झौतामा बूम रेमिट्यान्सकोतर्फ बाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मिसन डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

त्यस्तै, बूम रेमिट्यान्सले तिनाउँ विकास बैकसँग पनि रेमिट्यान्स कारोबार सम्झौता गरेका छन् । सम्झौतामा बूम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र तिनाउ बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्र्रदिप कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने बूम रेमिट्यान्सका प्रमुख सञ्चालन अधिकृत विष्णुमान श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.