आर्थिक पत्रकारिता लेखनवृत्तिका लागि सेजनलाई हिमालयन बैंकको सहयोग

  २०७३ साउन ९ गते १२:२९     विकासन्युज

काठमाडौं, ९ साउन । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्नेगरी स्थापना हुन लागेको फेलोसिप सम्झौतामा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जवरा र सेजनकातर्फबाट अध्यक्ष गोकर्ण अवस्थीले आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

himalayan-bank-sejon
सम्झौता अनुसार छापा (अंग्रेजी) छापा (नेपाली ), विद्युतीय (रेडियो, टेलिभिजन ) र अनलाइनमा कार्यरत एक एक जना आर्थिक पत्रकारलाई फेलोसिप प्रदान गरिनेछ । “एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप” नाम रहने उक्त फेलोसिपको राशी एक विधाका लागि पचास हजार रुपैयाँ हुनेछ । यो बार्षिक कार्यक्रमका रुपमा रहनेछ । यसका लागि हिमालयन बैंकले २ लाख रुपैयाँ सेजनलाई प्रदान गर्नेछ । यसैगरि सञ्चालन खर्चका लागि बैंकले तीस हजार रुपैयाँ सेजनलाई प्रदान गर्नेछ ।
फेलोसिप सञ्चालनका लागि एक एचबिएल सेजन आर्थिक पत्रकारिता जुरी गठन गरिनेछ । सेजन अध्यक्षको संयोजकत्वमा गठन हुने उक्त जुरीमा सेजन कार्यसमितिले चयन गरेका एक जना सेजनका पूर्व अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृतले नियुक्त गरेका एक जना प्रतिनिधि रहनेछन् ।
उक्त जुरी टिमले फेलोसिपको कार्यविधि बनाउनेछ । उक्त कार्यविधिको अधीनमा रहेर सेजनले हरेक बर्ष फेलोसिपका लागि प्रस्ताव माग गर्नेछ । उक्त प्रस्तावमा छलफल गरि छनौट गर्ने अधिकार उक्त जुरीलाई नै रहनेछ । फेलोसिप यसै बर्षदेखि लागु हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.