जाँदा जाँदै ओली सरकारका दुरगामी निर्णय, क्लिन फिडदेखि भक्तपुर अस्पताल सार्नेसम्म

  २०७३ साउन ७ गते ९:१९     विकासन्युज

opmcmकाठमाडौं, ७ साउन । केपी ओली नेतृत्वको सरकारले बिर अस्पताललाई भक्तपुरमा सार्नेदेखि बर्षाैदेखि उठ्दै आएको क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले बिर अस्पताललाई भक्तपुरको दुवाकोटमा सारेर अन्तराष्ट्रियस्तरको बनाउने निर्णय गरेको हो । दुवाकोटमा ६ सय रोपनी क्षेत्रफल जमिनबाट सञ्चालन हुनेछ ।

नेपाली विज्ञापन क्षेत्रले बर्षाैदेखि उठाउँदै आएको क्लिन फिडको मुद्धा पनि मन्त्री परिषद सम्बोधन गरेको छ । सरकारले क्लिन फिड लागु गर्दै विदेशी च्यानलबाट प्रसारण हुने विज्ञापन बन्द गराएको हो । अब विदेशी च्यानलहरुबाट विज्ञापन बज्ने छैन् । त्यस्नै बहुराष्ट्रिय कम्पनीहरुले समेत नेपाली श्रोत साधनको उपयोग गरिएको विज्ञापन मात्र नेपालमा बजाउने पाउनेछन् । सरकारको यस्तो निर्णयले नेपाली विज्ञापन क्षेत्रले अरर्बाैको व्यापार प्राप्त गर्ने नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

त्यसैगरि सरकारले मुस्ताङको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनलाई दिने निर्णय गरेको छ । उद्योग मन्त्रालयले अन्वेषण तथा उत्खनन गर्ने गरि सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिईएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए । त्यसैगरि सरकारले नयाँ सञ्चार नीति समेत लागु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.