मञ्जुश्री फाइनान्सियलको नाफा ११८%ले बढ्यो, १०% बोनस सेयर दिन सक्ने

  २०७३ साउन ७ गते ४:२६     विकासन्युज

manjushree_logoकाठमाडौं, ७ साउन । मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले ११८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी २५ करोड ६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ ।

यस फइनान्सले निक्षेप २ अर्ब ४८ करोड रुपैयाँ र कर्जा तथा लगानी २ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ३.५७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.