मालिका विकास बैंकको नाफा १३ करोड २१ लाख, ३३% बोनस सेयर दिन सक्ने

  २०७३ साउन ७ गते ३:१५     विकासन्युज

malika_vikas_bank logoकाठमाडौं, ७ साउन । मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष १३ करोड २१ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले १०० प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ३३ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ३२ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ ।

यस बैंकले निक्षेप ३ अर्ब ९५ करोड रुपैयाँ र कर्जा तथा लगानी ३ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.६९ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.