प्राइम बैंकलाई ३ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति

  २०७३ साउन ६ गते १३:०५     विकासन्युज

काठमाडौं, ६ साउन । प्राइम कमर्सियल बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो मात्रामा हकप्रद सेयर जारी गर्न बैंकलाई स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन निर्देशन जारी भए अनुसार बैंकले हकप्रद शेयर जारी गर्ने तथा बिभिन्न बित्तीय संस्थाहरुलाई गाभ्ने योजना अनुरुप उक्त बैंकको निर्णय पारित गरेको छ ।

यो हाल कायम रहेको शेयरको ३ बराबर १ को हकप्रद शेयर बिक्री गरे पश्चात बैंकको कुल चुक्ता पूँजी ४ अर्ब ९४ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बिहीबार बजारमा बैंकको सेयर मूल्य ८ सय १७ रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.