संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

  २०७३ साउन ६ गते १०:००     विकासन्युज

constituent_assembly_काठमाडौं, ६ साउन । व्यवस्थापिका संसदको बैठक शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । सरकार विरुद्धको अविश्वास प्रस्तावमाथीको छलफल अघि बढाउने वा बजेट पारित गर्ने भन्ने विवाद नटुंगीएपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

बिहिबार दिउँसो १ बजेका लागि डाकिएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । बिहानैदेखि काँग्रेस, एमाले र माओवादी केन्द्रबिच भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको एमाले सांसद रामकुमार भट्टराईले विकासन्युजलाई जानकारी दिए ।

पहिले बजेट पास गरेर अविश्वासको प्रस्ताव अघि बढाउनबारे शिर्ष नेताहरु सहमति नजिक पुगेको दावी समेत गरे ।
काँग्रेस र माओवादी केन्द्रले पहिले अविश्वासको प्रस्ताव अघि बढाउनु पर्ने अडान लिएका छन भने एमालेले बजेट पास नभए संसद अवरुद्ध गर्ने घोषणा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.