सभामुख र शिर्ष नेताविच १ बजे छलफल, संसद २ बजेसम्मको लागि स्थगित

  २०७३ साउन ६ गते ५:५०     विकासन्युज

काठमाडौं, ६ साउन । ब्यवस्थापिका संसदको बैठक २ बजेसम्मको लागि स्थगित भएको छ । आज ११ बजेको लागि बोलाइएको बैठक सहमति गर्नको लागि भन्दै केही समय स्थागित गरिएको हो ।

ब्यवस्थापिका संसदको आजको बैठकमा सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसुची थियो । तर सरकारको नेतृत्व गरेको नेकपा एमाललेले पहिला नै कार्यसुचीमा रहेको आर्थिक बिधयेकका आश्रित विधयक पारित गर्नुपर्ने भन्ने अडान लिएपछि विवाद चर्किएको थियो ।

बैठक स्थगित भएको मौखिक जानकारी संसद सचिवालयले भर्खरै दिएको हो । आज १ बजेट नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेता र सभामुखविच छलफल हुने भएपछि बैठक स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.