एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि

  २०७३ साउन ५ गते ८:३८     विकासन्युज

काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् ।

gogambu--2कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् ।

हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.